सुदूरपश्चिम सहित आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

  सोमबार १५, साउन २०८० ०६:३६

धनगढी । नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा उत्तरतर्फ र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको छ। 

सोमवार देशभर सामान्य बदली रहनेछ। देशका पहाडी भू–भागका केही र बाँकी भू–भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी, मधेस, बागमती, सुदूरपश्चिम र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ । 

clock सोमबार १५, साउन २०८० ०६:३६

प्रतिक्रिया