खैरो हेरोइनसहित दोदा पुलबाट पक्राउ परे सशस्त्र प्रहरी जवान

  आइतबार १४, साउन २०८० १३:४३

महेन्द्रनगर । कञ्चनपुरको पुनर्वासबाट लागुऔषधसहित दुई जना पक्राउ परेका छन् ।

शनिबार पुनर्वास नगरपालिका-१० दोदा पुलबाट सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआइटी) ले धनगढी उपमहानगरपालिका-३ का २८ वर्षीय प्रदिप पाख्रीन र सोही ठाउँका ३२ वर्षीय विकल मगर लाई खैरो हेरोइनसहित पक्राउ गरेको हो।

उनीहरु सवार सुपप्र ०२००३ प ६४३१ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा १।२ ग्राम लागुऔषध (ब्राउन सुगर) फेला परेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार पक्राउ परेका मध्ये प्रदिप पाख्रीन सशस्त्र प्रहरी बलका जवान हुन।

clock आइतबार १४, साउन २०८० १३:४३

प्रतिक्रिया