धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवक घाइते

  आइतबार १४, साउन २०८० ०९:२७

धनगढी । धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवक घाइते भएका छन्। हिजो (शनिबार) राति ९ बजेतिर धनगढी उपमहानगरपालिका-८ मोतिचोक स्थित क्याम्पस चोकबाट मनेहरातर्फ गइरहेको मोटरसाइकल दुर्घटना भएको थियो।

प्रहरीका अनुसार धनगढीकै जाई बस्ने २८ वर्षीय त्रीसाच मल्लले चलाएको से ७ प १७७७ नं. को मोटरसाइकलले छाडागाईलाई ठक्कर दिएको थियो।

ठक्करबाट गाई मरेको छ भने चालक मल्लको टाँउको, हात र खुट्टामा चोट लागेको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कुलदिप चन्दले बताए। उनका अनुसार मल्लको अवस्था मध्यम रहेको र उनको सेती अस्पतालमा उपचार भैरहेको छ।

मोटरसाइकललाई भने नियन्त्रणमा लिएर गाईको व्यवस्थापनको लागी नगरपालिकासँग समन्वय भईरेहको प्रहरीले जनाएको छ।

clock आइतबार १४, साउन २०८० ०९:२७

प्रतिक्रिया