धनगढीको जिएस आटो पार्ट्समा अगलागी

  आइतबार १४, साउन २०८० ०९:२३

धनगढी । कैलालीस्थित धनगढीको एक पसलमा आगो लागेको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर ८ को जिएस आटो पार्ट्समा आगलागी भएको हो।

जिल्लाको कैलारी गाउँपालिका वडा नम्बर ४ का सुरज चौधरीले सञ्चालन गरेको पसलमा विद्युतको तार सर्ट भएर आगो लागेको प्रहरीले बताएको छ। 

आगलागीबाट ६० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रवक्ता कुलदिप चन्दले बताए। उनले प्रहरी, स्थानीय र दमकलको प्रयोगले आगो नियन्त्रणमा लिइएको बताए। आगो लागेको घर पावर्ती पाण्डेको हो।

clock आइतबार १४, साउन २०८० ०९:२३

प्रतिक्रिया