कैलालीका होटेलमा यौनधन्दा, ४ युवतीसहित १० जना पक्राउ

  शनिबार १३, साउन २०८० १२:३०

धनगढी । कैलालीको मोहन्याल गाउँपालिका-७ को पितमारीमा होटेलमा यौनधन्दा गराएको अभियोगमा प्रहरीले १० जनालाई पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालय चिसापानीको टोलीले होटेलमा यौनधन्दा गराउने ४ युवती र ६ जना पुरुषलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ । 

प्रहरीले पितमारी क्षेत्रका २र३ होटलमा छापा हानेर उनीहरुलाई नियनत्रणमा लिएको हो ।

clock शनिबार १३, साउन २०८० १२:३०

प्रतिक्रिया