बैतडीमा जिप दुर्घटना, दुईजना घाइते

  शुक्रबार १२, साउन २०८० ०९:४५

बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका–३ श्रीकोटस्थित तारलमा जिप दुर्घटना हुँदा दुईजना घाइते भएका छन्। 

बैतडीको गन्नाबाट बझाङ जाँदै गरेको सुपप्र ०१–००१ ज १३५२ नम्बरको जिप गएराति पौने १२ बजे तारलमा दुर्घटना भएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए।

दुर्घटनामा परी जिप चालक बैतडीको डिलाशैनी गाउँपालिका–१ का हेमन्त राना र सोही ठाउँका सहचालक उमेश राना घाइते भएका छन्।

घाइते चालकको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि डडेलधुरा रेफर गरिएको छ भने सहचालकको जिल्ला अस्पतालमै उपचार भइरहेको छ। जिपमा चालक र सहचालक मात्रै सवार थिए।

जिप सडकबाट १०० मिटर तल खसेको थियो। जिप दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

clock शुक्रबार १२, साउन २०८० ०९:४५

प्रतिक्रिया