धनगढीमा बिग्रिएका सबै सिसी क्यामरा मर्मत

  बिहिबार ११, साउन २०८० १७:४५

धनगढी । धनगढीमा बिग्रिएका सबै सिसी टिभी क्यामरा मर्मत गरिएको छ। धनगढी उपमहानगरपालिकाले बजार क्षेत्रमा जडान गरिएका सिसी क्यामरा बिग्रिएकोमा मर्मत गरेको हो। 

धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालको नीजि सचिवालयका अनुसार बोराडाँडीदेखि त्रिनगर भन्सारसम्मका १२ वटा, ट्राफिक चौराहदेखि जिल्ला प्रहरी कार्यालयसम्मका १८ वटा र जिल्ला प्रहरी कार्यालयमा रहेका पाँच वटा सिसी क्यामरा मर्मत गरिएको हो। 

जम्म ३५ वटा सिसी टिभी क्यामरा मर्मतका लागि उपमहानगरपालिकाले दुई लाख ७१ हजार पाँच सय ४४ रुपैयाँ खर्च गरेको छ। धनगढीमा सिसी टिभी क्यामरा बिग्रिएकाले अपराधिक कृयाकलाप तथा दुर्घटना हुँदा अनुसन्धानमा समस्या हुने गरेको थियो। 

जिल्ला प्रहरी कार्यालय, कैलालीले मर्मतका लागि अनुरोध गरेकोमा उपमहानगरपालिकाले मर्मत गरेको हो। धनगढीको मुख्य बजोर क्षेत्रमा २४ घण्टा क्यामरा सञ्चालनमा रहनेछन्।

clock बिहिबार ११, साउन २०८० १७:४५

प्रतिक्रिया