डडेल्धुरामा बुधबार रातिदेखि हराएकी युवती मृत भेटिइन्

  बिहिबार ११, साउन २०८० १७:२७

डडेल्धुरा । डडेल्धुरामा बुधबार रातिदेखि हराइरहेकी युवती मृत अवस्थामा भेटिएकी छन् ।

जिल्लाको आलिताल गाँउपालिका–७ खिन्नेभाडीकी २० वर्षीया नन्दा साउँद बिहीबार बिहान मृत भेटिएको प्रहरीले जनाएको छ ।

उनी घर नजिकैको पहिरोमा झरेको अवस्थामा मृत भेटिएकी हुन् । साउँद स्थानीय दुर्गा माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्यनरत थिइन् ।

मृतकका परिवारले घटना शंकास्पद भएकाले सत्य तथ्य छानविन गर्नुपर्ने माग गरेका हुन् । प्रहरीको टोली घटनास्थलमा पठाइएको छ ।

clock बिहिबार ११, साउन २०८० १७:२७

प्रतिक्रिया