वडा सरकारले सडक बत्ती जडान नगरेपछि धनगढीका युवा लगाए आफ्नै लगानीमा सडक बत्ती

  बिहिबार ११, साउन २०८० १०:०३

धनगढी । उपमहानगरपालिका वडा नम्बर २ का किशन भण्डारी आफ्नै लगानीमा सडक बत्ती जडान गर्न लागेका छन् । गत स्थानिय निर्वाचनमा स्वतन्त्र वडा अध्यक्षका उम्मेदवार समेत बनेका भण्डारी आफ्नो वडामा सडक बत्ती जडान गरिरहेका हुन् । धनगढी उपमहानगरपालिका वडा नम्बर २ को हुलाकी सडकदेखी सिखर टोल हुँदै सब्जीमण्डीसम्म भण्डारीले करिब ८० पोलमा सडक बत्ती जडान गरिरहेका हुन् । 

बुधबार बिहानैबाट भण्डारीले सडकबत्ती जडान गरिरहेका हुन् । पोलमा रहेका सडकबत्तीहरु सबै बिग्रिएपछि अन्धकार बनेको धनगढी २ मा सडक बत्ती लगाउन कुनै निकायको चासो नगएपछि भण्डारी आफ्नै लगानीमा बत्ती जडान गरिरहेका हुन् ।

रातीको समयमा चोरीको समस्या देखी अन्धकारमय गाउँमा सर्पको डरपनि उत्तिकै हुने भएकाले समग्र समस्या समाधानका लागी आफ्नै लगानीमा सडक बत्ती जडान गरेको भण्डारीले बताए । आम नागरिकहरुलाई रातीको समयमा सहज आवतवावतका लागी समेत सडक बत्तीले सहज हुने अपेक्षा लिइएको छ ।

धनगढी २ मा रहेका अधिकाशं सडक बत्तीहरु बिग्रिसकेका छन्, यिनको संरक्षण तथा मर्मत गर्ने दायित्व वडाको हो तर न संरक्षण भए न त नयाँ बत्तीनै जडान भए भण्डारीले भने “वडा अन्धकार भएकै कारण चोरी, तस्करी, गुण्डागर्दी मौलाएको छ, यति मात्रै नभएर यहाँ सर्पको बिगबिगीपनि बढेका कारण कतिबेला कुन ब्यक्ती सर्पको टोकाइबाट ज्यान गुमाउने हो त्रास छ, त्यस कारण मैले आफ्नो लगानीमा जती खर्च लाग्छ हुलाकी सडकदेखी सिखर टोल हुँदै सब्जीमण्डीसम्म सडकबत्ती जडान गरिरहेको हुँ ।”

२ बर्षअघी करिब ५० हजार लागतमा हिलाम्य सडक गा्रवेल गरेका भण्डारीले यस पटक सडक बत्ती जडान गरेका हुन् । स्थानिय सरकारबाट हुनुपर्ने काम लामो समयसम्म सडक बत्ती नबलेपछि निराश बनेका टोलबासीहरु भण्डारीले सडक बत्ती लगाइदिएपछि खुशी भएका छन् । उनिहरुले अब चोरी तस्करी नियन्त्रण हुनुका साथै सर्प, लगायतका बिषालु किराहरुबाटपनि जोगिने बिश्वास ब्यक्त गरेका छन् ।

यत्तिका दिन भयो वडा तथा नगरपालिकाले हाम्रा तिर सडक बत्ती लगाइदिएन वडानै अन्धकार थियो धनगढी २ का नर बहादूर सिहंले भने “अहिले हाम्रो वडाबासी कृष्ण भण्डारीले सडकबत्ती जडान गरिरहेको छ साह्रै खुशी लागेको छ, सरकारले गर्नुपर्ने काम ब्यक्तीगत तर्फबाट बत्ती जडान गरिराख्नुभएको छ, अब हामीलाई धेरै राहत हुने भयो, सर्पको डर हुने भएन, चोरी तस्करी नियन्त्रणपनि आउने भयो ।”

धनगढी २ कै भुपेन्द्र बहादूर शाहले यतिको बिजुली बल्दा वडालेनै लगायोकी भनिठानेपनि बास्तविक बुझ्ना ब्यक्तीगत तर्फबाट लगाइएको पाउँदै निकै खुशी लागेको बताए । म यहाँ आएको दुई साता पुगिसक्यो पहाडतिर शिक्षण पेषा गर्थे उनले भने “बिगतमा अन्धकार थियो हाम्रो टोल तर आज कृष्ण भण्डारी जीले ब्यक्तीगत तर्फबाट वडामा सडक बत्ती जडान गर्नुभएछ निकै झिलिमिली छ, म र टोलबासीका तर्फबाट धन्यवाद दिन चाहान्छु, यस्तै समाजसेवीहरुको सहयोग रहे पुरै वडा झिलिमिली बन्ने थियो ।”

clock बिहिबार ११, साउन २०८० १०:०३

प्रतिक्रिया