अत्तरियाको रिङ्गरोडमा यौन व्यापार, यस्तो छ रेट

  बुधबार १०, साउन २०८० १०:०१

धनगढी । कैलालीको गोदावरी नगरपालिका- २ अत्तरियाको रिङ्गरोडबाट वेश्यावृतिमा संलग्न भएको आशंकामा ३ महिला पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय मालाखेतीबाट सादा पोषाकमा खटिएको प्रहरी टोलीले रिङ्गरोडमा रहेको पूजा होटलबाट ३ महिलालाई पक्राउ गरेको हो।

मंगलबार साँझ सादा पोसाकमा बुझ्न गएका प्रहरीलाई होटल संचालिका बिपना थापाले नै केटी मिलाइदिने बताएपछि खानतलासी गर्दा वेश्यावृतिका लागि होटलमा राखेका २ महिला फेला परेको इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी गणेश बरालले बताएका छन्।

सादा पोसाकमा बुझ्न भएका प्रहरीलाई ३५ वर्षीय होटल संचालिकाले केटी मिलाइदिन्छु भन्दै रेट बताएकी थिइन्।

उनले १ घण्टाको १५ सय र एक रातको ६ हजार भनेर २ महिलालाई होटलमा देखाएकी थिइन्। ती दुवै महिला धादिङ घर भइ हाल गोदावरी नगरपालिका(२ तेघरीमा बस्दै आएका थिए।

प्रहरीले होटल संचालिकासहित तिनै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ। केही दिनअघि पनि मालाखेती प्रहरीले अत्तरिका क्षेत्रबाटै यौन व्यापारमा संलग्न होटक संचालकसहित एक महिलालाई समातेको थियो।

clock बुधबार १०, साउन २०८० १०:०१

प्रतिक्रिया