धनगढीमा गैरकानुनी रुपमा क्लिनिक सन्चालन गर्ने २ जना पक्राउ

  मङ्गलबार ०९, साउन २०८० २१:१४

धनगढी । धनगढीमा गैरकानुनी रुपमा क्लिनिक सन्चालन गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । इजाजत प्राप्त नगरी मेडिकल सन्चालन गरिरहेको गोप्ये सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीले २ जना पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक कुलदिप चन्दका अनुसार धनगढी ३ बोराडाडी स्थित अर्जुन क्लिनिकका सन्चालक अर्जुन कुँवर र गौरीगङ्गा नगरपालिका १० घर भई धनगढी ७ देबरीयामा सन्चालनमा रहेको अभिनव हेल्थ क्लिनिकका सन्चालक कमला बोहरालाई पक्रा गरेको हो ।

उनिहरु विरुद्ध अपराध संहिता २०७४ को परिच्छेद्य अन्तर्गत इलाज सम्बन्धी कसुर मुद्दा दायर गरी कैलाली जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक चन्दले जानकारी दिए । 

clock मङ्गलबार ०९, साउन २०८० २१:१४

प्रतिक्रिया