निर्माण कार्य सम्पन्न गरेको कामको भुक्तानी माग्दै प्रधानमन्त्रीलाई ज्ञापन

  मङ्गलबार ०९, साउन २०८० १४:१९

धनगढी । निर्माण व्यवसायीहरुले विभिन्न आयोजना निर्माणको बक्यौता रकम भुक्तानी गर्न सरकारसँग माग गरेका छन् । नेपाल निर्माण व्यवसायी महासंघ सुदूरपश्चिम प्रदेश समितिले मंगलबार प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र कैलाली प्रमुख जिल्ला अधिकारी युवराज कट्टेललाइ ज्ञापनपत्र बुझाउँदै सो माग गरेका हुन् ।

मुख्यमन्त्री शाह र प्रजिअ कट्टेललाई प्रदेशका अध्यक्ष लक्ष्मण स्वाँर र कैलालीका अध्यक्ष टेकबहादुर मल्लले ज्ञापनपत्र बुझाएका हुन् । निर्माण व्यवसायीलाई समयमै भुक्तानी गर्न, ठेक्काको म्याद थप गर्न र मूल्यवृद्धि फ्रिज नगर्न  सो ज्ञापनपत्रमा उल्लेख छ ।

चुनाव र सरकार परिवर्तन लगायतका कारण गतवर्ष निर्माण व्यवसायीहरुले भुक्तानी पाउन नसकेकाले निर्माण कम भएको अध्यक्ष स्वाँरले बताए । निर्माणको भुक्तानी ७० अर्बभन्दा बढी रहेको भए पनि यसबारेमा बारम्बार सरकारलाई जानकारी गराउँदा सरकार उदासीन बनेको आरोप निर्माण व्यवसायीको छ ।

सरकारको अर्थ मन्त्रालयमा विभिन्न विकासे मन्त्रालयहरुले पठाएको १० अर्बभन्दा बढी उठिसकेको बिलको भुक्तानी भैसकेको छैन् । यस्तै देशभर ५० अर्बको रनिङ् अथवा चलिरहेको निर्माण कार्यको काम गर्ने अवधी सकिएकाले थप समयको माग गरिएको छ । सरकारले थप समय नदिदा निर्माण कार्यमा ढिलासुस्ती भैरहेको छ ।

ज्ञापनपत्र बुझाउन नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रिय सदस्य दीनेश सिंहसगै प्रदेश र जिल्ला निर्माण व्यवसायी सघका पदाधीकारी र सदस्यहरुको सहभागिता रहेको थियो । ज्ञापन पत्र बुझ्दै मुख्यमन्त्रि शाहले ब्यबसायीका समस्या सामाधान गर्न पहल गर्ने प्रतिबद्धता ब्यक्त गरे । 

clock मङ्गलबार ०९, साउन २०८० १४:१९

प्रतिक्रिया