अत्तरियाको आदर्श गल्लीलाई बदनाम हुँनेगरी यौनधन्दा गराउने २ जना पक्राउ

  मङ्गलबार ०९, साउन २०८० ०९:२७     विश्वास खबर

धनगढी । कैलालीको अत्तरिया क्षेत्रमा होटल खोलेर यौनधन्दा गराउने २ जना पक्राउ परेका छन्। सोमवार इलाका प्रहरी कार्यालय मालाखेतीले गोदावरी नगरपालिका–२ आदर्श गल्लीमा रहेको होटलमा छापा हान्दा महिलासहित होटल संचालक पक्राउ परेका हुन्।

गोदावरी नगरपालिका–२ आदर्श गल्लीमा रहेको बोगटी अछाम होटलका सञ्चालक डोटीको घण्टेश्वरका प्रकाश थापा र कैलालीको घोडाघोडी बस्ने बिमला सुनार पक्राउ परेका हुन्।

मालाखेती प्रहरीका अनुसार उक्त होटलबाट १ बट्टा कण्डम, ९ ट्याबलेट गर्भनिरोधक औषधि इकोन पिल्स र सरजोल क्रीम १ बट्टा बरामद भएको छ।

वेश्यावृत्ति तथा अनैतिक क्रियाकलापमा संलग्नता रहेकाले उनीहरुलाई पक्राउ गरि आवश्यक अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी गणेश बरालले बताए।

clock मङ्गलबार ०९, साउन २०८० ०९:२७     विश्वास खबर

प्रतिक्रिया