बाजुरामा सुस्त मनस्थिति भएकी महिला बलात्कृत

  सोमबार ०८, साउन २०८० २०:३९

बाजुरा । अपाङ्ग अर्थात् सुस्त मनस्थिति भएकी महिला बलात्कृत भएकी छन् । बाजुराको हिमाली गाउँपालिका वडा नं ३ कि २४ बर्षिया सिता बलात्कृत भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका सइ ओम प्रकाश केसीले जानकारी दिए ।

पिडित महिला सुस्त मनस्थिति  कान नसुन्ने, बोल्न नसक्ने अवस्थाको रहेको बुझिएको छ । बाजुराको हिमाली गाउँपालिका र हुम्लाको ताँजाकोट गाउँपालिकाको सिमाना जोडिएको ठाँउ हुम्लाको ताँजाकोट गाउँपालिकाको मैतानाको भेडिगोठमा लगेर सोही गाउँपालिका वडा नं २ बस्ने ३७ बर्षिय पुर्णिमल ल्वारले बलत्कार गरेको सई केसीले जानकारी दिए ।

अहिले पिडितका आफन्तले जिल्ला प्रहरी कार्यालय हुम्लामा ल्वारका नाममा उजुरी दर्ता गरेर कारबाही प्रकृया अगाडी बढीसकेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

पिडित महिला भने अहिले नेपाल अष्ट्रियासाझेदारी संस्था सिमीकोट हुम्ला अल्पलकीलान सुरक्षित आवास गृहमा रहेको संयोजक डिचेन डोल्कार लामाले जानकारी दिइन् । लामाका अनुसार पिडित महिलालाई सुरक्षित आवास गृहमा आवश्यक मनोपरामर्श सेवा प्रदान गरिएको छ । 

पिडित महिला सुस्त मनस्थितिको भएकाले भोलीका दिनमा पनि यस्ता समस्या उत्पन्न हुनसक्ने भएकाले संस्थाका संयोजक लामाले दिर्घकालिन रूपमा उनको समस्या समाधानका लागि सरोकारवाला निकायले ध्यान दिनुपर्ने बताएकी छन् ।

clock सोमबार ०८, साउन २०८० २०:३९

प्रतिक्रिया