बाजुराको बाउली खोलाले ट्याक्टर बगायो, चालक बेपत्ता

  सोमबार ०८, साउन २०८० १०:४३

बाजुरा । बाजुराको बडिमालिका नगरपालिका ९ बाउली खोलामा ट्याक्टर खोलाले बगाउँदा चालक बेपता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार आइतबार राती  कोल्टीबाट मार्तडी आउँदै गरेको से २ त ३२२५ नम्बरको ट्याक्टर करिब २० मिटर तल ढुगांमा अड्किएको अवस्थामा फेला परेको हो । यस्तै चालक डुवनारायण चौधरी बेपत्ता भएका छन् । 

सो ट्याक्टर डोटी जिल्ला घर भई हाल सदरमुकाम मार्तडीका होलसेल व्यापारी पुष्प खड्काको रहेको प्रहरीले जनाएको छ । बेपत्ता  चौधरीको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरीक्षक कबिन्द्रसिहं बोहराले बताए ।

clock सोमबार ०८, साउन २०८० १०:४३

प्रतिक्रिया