नेपाल प्रहरीका डिएसपी कुटिए

  आइतबार ०७, साउन २०८० ११:४९

जनकपुरधाम । महोत्तरीमा नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक कुटिएका छन्। मधेस प्रदेश प्रहरी गणमा कार्यरत्त रहेका प्रहरी नायव उपरीक्षक चन्देश्वर यादव कुटपिटबाट घाइते भएको प्रहरीले जनाएको छ।

बिहीबार राति करिब १० बजे जिल्लाको जलेश्वर नगरपालिका २ बसपार्क नजिक विद्यापति नगरमा उनी घाइते अवस्थामा फेला परेका थिए।

डिएसपी यादवको अहिले काठमाडौँस्थित प्रहरी अस्पतालमा उपचार भइरहेको मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक महेन्द्र श्रेष्ठले जानकारी दिए।

उनले डिएसपी यादव कुटिएको अथवा दुर्घटनामा परेर घाइते भएको सम्बन्धमा छानविन भइरहेको बताए।

घटनाको छानविनका लागि मधेस प्रदेश प्रहरी कार्यालयले एसपी श्रेष्ठको नेतृत्वमा छानविन समिति समेत गठन गरेको छ।

डिएसपी यादव जनकपुरधामबाट त्यसराति जलेश्वर किन गएको सम्बन्धमा खुलेको छैन।

clock आइतबार ०७, साउन २०८० ११:४९

प्रतिक्रिया