बैतडीमा अझै पनि ९५ प्रतिशतले बाल्छन् दाउरा, ३२ हजार घरधुरी अँध्यारोमा

  आइतबार ०७, साउन २०८० ११:४१

बैतडी ।  बैतडीमा अझै पनि ९५ प्रतिशत घरधुरी दाउरामा निर्भर रहेको पाइएको छ।  जिल्लाको १० स्थानीय तहका ८४ वडामा रहेका ४५ हजार १९१ घर धुरीमध्ये ९५ प्रतिशत घरधुरीले परम्परागत धुवाँ निस्कने चुलोमा दाउराको प्रयोग गरेर खाना पकाउने गरेको तथ्याङ्क सार्वजनिक भएको हो।

 नेपाल सरकारले परम्परागत ऊर्जा खपतको अनुपातलाई सन् २०३० सम्ममा ३० प्रतिशतमा झारेर सुधारिएको चुलो, विद्युतीय चुलो र एलपी ग्यासको उपयोगमा वृद्धि गर्ने लक्ष्य राखेको छ। तर, यो बैतडीमा पूर्णतया लागू भएको छैन।

जिल्ला प्रशासन कार्यालयले सार्वजनिक गरेको विपत् पूर्वतयारीसम्बन्धी तथ्याङ्क पुस्तिका अनुसार ९५ प्रतिशत घरधुरी खाना पकाउन दाउरामा निर्भर रहेका छन्। ८० प्रतिशत घरहरू ढुङ्गा र गारोले बनेका कच्ची संरचना छन्।

त्यस्तै ४५ हजार घरधुरीमध्ये १३ हजार घरधुरीमा मात्र विद्युत्को पहुँच पुगेको छ। ३२ हजार घरधुरी अझै अँध्यारोमा छन्। बिजुली पुगेका घरधुरीका लागि विद्युतीय चुलो सपना मात्रै बनेको छ।

clock आइतबार ०७, साउन २०८० ११:४१

प्रतिक्रिया