महाकाली नदीमा हाम फालेर एक जना बेपत्ता

  आइतबार ०७, साउन २०८० ०९:५८

कञ्चनपुर । कञ्चनपुरस्थित महाकाली नदीमा हाम फालेर एक जना बेपत्ता भएका छन् ।

शुक्लाफाँटा नगरपालिका वडा नम्बर-६ बस्ने करिब २८ वर्षीय जनक भट्टले गएराति महाकाली नदीमा रहेको झोलुङ्गे पुलबाट नदीमा हाम फालेका थिए । उनको अवस्था अज्ञात छ ।

के कारण उनले नदीमा हाम फाले भन्ने अहिलेसम्म खुलेको छैन । भट्टको खोजी कार्यका लागि सुरक्षाकर्मी, रेडक्रसकर्मीलगायतको उद्धार टोली परिचालन गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ ।

clock आइतबार ०७, साउन २०८० ०९:५८

प्रतिक्रिया