डडेल्धुरामा जंगली विषालु च्याउ खाँदा एक जनाको मृत्यु

  शनिबार ०६, साउन २०८० १०:२९

डडेल्धुरा । डडेल्धुरामा जंगली विषालु च्याउ खाँदा एक जनाको मृत्यु भएको छ ।

जिल्लाको गन्यापधुरा गाउँपालिका–२ स्थित सोही गाउँपालिकाको नयाँ भवन निर्माणमा संलग्न मजुरको विषालु च्याउ खाँदा शुक्रवार राति मृत्यु भएको प्रहरीले जनाएको छ।

बर्दियाको बारबर्दिया गाउँपालिका–७ बस्ने बर्ष ५० की राम दुलारे थारुले शुक्रबार साँझ जंगली च्याउ खाएका थिए ।

च्याउ खाएर बिरामी भएका उनलाई डडेल्धुरा अस्पतालमा भर्ना गरिएको थियो।

clock शनिबार ०६, साउन २०८० १०:२९

प्रतिक्रिया