अछामका बिरेन्द्र कैलालीमा मृत फेला

  शनिबार ०६, साउन २०८० १०:१९

धनगढी । अछामका बिरेन्द्रबहादुर स्वार कैलालीमा मृत फेला परेका छन्।

कैलालीको लम्कीचुहा नगरपालिका–६ गुलरामा ६३ वर्षीय बिरेन्द्रको शव शुक्रवार मृत अवस्थामा फेला परेको हो। 

उनी अछामको साँफेबगर नगरपालिका–७ रिडिकोटको रहेको प्रहरीले जनाएको छ। 

यस सम्बन्धमा इलाका प्रहरी कार्यालय लम्कीले थप अनुसन्धान गरिरहेको छ।

clock शनिबार ०६, साउन २०८० १०:१९

प्रतिक्रिया