महाकाली नदीमा जलस्तर बढ्ने, सतर्कता अपनाउन आग्रह

  शनिबार ०६, साउन २०८० ०९:४८

बैतडी। जिल्ला प्रशासन कार्यालय बैतडीले आज महाकाली नदीमा जलस्तर बढ्ने सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ । 

भारतस्थित धौलीगंगा जलविद्युत परियोजनाको सिल्ट सफाइका लागि आज बेलुकी ८ बजेसम्म बाँधको ढोका खोलिने भएकाले महाकालीको जलस्तर बढ्न सक्ने जनाइएको छ । यसअघि असार २६ गते पनि परियोजनाको बाँध खोलिएको थियोे ।

शुक्रबार एक सूचना निकालेर जिल्ला प्रशासन कार्यालय बैतडीले शनिबार बेलुका ८ बजेसम्म र त्यसपछि पनि महाकाली नदीमा जलस्तर बढ्ने सम्भावना रहेकाले नदी किनार तटीय क्षेत्रका बासिन्दालाई पूर्वसतर्कता अपनाउन आग्रह गरेको हो ।

940x380-Image_0061689953617.jpg

clock शनिबार ०६, साउन २०८० ०९:४८

प्रतिक्रिया