कृष्णपुरमा विङ्गर र जीप एक आपसमा ठोकिए, ९ जना घाइते

  शुक्रबार ०५, साउन २०८० १३:४१

धनगढी । कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर २ बंकमा विङ्गर र जीप एक आपसमा ठोकिदा ९ जना घाइते भएका छन । पुर्वपश्चिम राजमार्गमा म १ ज २८७ नम्बरको विङ्गरले से १ झ २४६ नम्बरको जीपलाई ठक्कर दिएको हो ।

सरकारी नम्बर प्लेटको जीप कृष्णपुर नगरपालिकाको भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

दुर्घटनामा घाइते भएका जीपका चालक जनक भण्डारीलाई उपचारका लागि निसर्ग अस्पताल धनगढीमा ल्याइएको छ भने अन्य घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको जनाईएको छ।

clock शुक्रबार ०५, साउन २०८० १३:४१

प्रतिक्रिया