सतक बढी पटक रक्तदान गर्ने पत्रकार उपाध्याय सम्मानित

  शुक्रबार ०५, साउन २०८० १०:२७

धनगढी । धनगढीका पत्रकार दिपक उपाध्याय सम्मानित भएका छन् ।  शिराज ईन्टरनेशनल प्रालिले आयोजना गरेको रक्तदान कार्यक्रममा उपाध्यायलाई सम्मान गरेको हो । 

उपाध्यायलाई सुदुरपश्चिममै पहिलोपटक रक्तदान गर्नुहुने डाक्टर गणेश बहादुर सिंह र शिराज ईन्टरनेशनल प्रालि प्रबन्ध निर्देशक दीपेन्द्र भट्टले दोसल्ला सहित सम्मानपत्र हस्तान्तरण गर्दै सम्मान गरेका हुन् ।

उपाध्यायले १ सय १ पटक रक्तदान गर्दै समाजमा बिषिस्ट योगदान दिएको भन्दै शिराज ईन्टरनेशनल प्रालिले दोसल्ला सहित सम्मान गरेको हो ।

रक्तदान गर्दै धेरै मानिसको ज्यान जोगाउन महत्वपुर्ण भुमिका खेल्नुका साथै रक्तदान गर्नुपर्छ भन्ने शन्देस प्रवाह गर्ने गरेका उपाध्यायले हालसम्म १ सय १ पटक रक्तदान गरिसकेका छन् ।

उनि नेपाल पत्रकार महासंघ कैलाली साखा सदस्य समेत हुन् । उपाध्याय धनगढीबाट लामो समय टेलिभिजन पत्रकारको रुपमा कार्यरत थिए । हाल उनि इकागजमा कार्यरत छन् । 

clock शुक्रबार ०५, साउन २०८० १०:२७

प्रतिक्रिया