आज चैते दशैं , देवीको पूजा उपासना गरी मनाइँदै

  बुधबार १५, चैत २०७९ १२:१४

धनगढी । आज चैत शुक्ल अष्टमी, अर्थात चैते दशैं देवीको पूजा उपासना गरी मनाइँदैछ। असुर शक्तिमाथि दैवीशक्तिको विजय तथा असत्यमाथि सत्यको विजयका रुपमा लिइने दशैं हिन्दुधर्मावलम्बीहरुले वर्षमा दुईपटक मनाउने गर्दछन्।

असोज-कार्तिकमा मनाईंने दशैंलाई बडादशैंको रुपमा मनाइन्छ भने चैत शुक्ल अष्टमीमा मनाईंने दशैंलाई चैते दशैं भनिन्छ ।आज घरघरमा तथा देवीका मन्दिरमा देवीभागवत, कालिका पुराणलगायत स्तोत्र पाठ गरिन्छ ।

वर्षको दुई पटक चैत र असोजमा गरिने दुर्गापूजाको विशेष महत्व रहेको शास्त्रमा वर्णित छ । चैतेदशैँका अवसरमा देवीभागवत तथा चण्डी पाठ गर्ने र शक्तिपीठमा दर्शन गर्न जाने परम्परा छ।

नवरात्रमा शक्तिपीठमा पशुबलिसहित पूजा गर्ने विधान छ। चैते दसैंका दिन सुदुरपश्चिमकासहित देशभरका देवीका मन्दिरमा एवं शक्तिपीठहरुमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ ।

clock बुधबार १५, चैत २०७९ १२:१४

प्रतिक्रिया