बैतडीमा अवैध मेडिकलमा ‘फेल’ डाक्टर, बिरामी जाँच्दाजाँच्दै पक्राउ

  शुक्रबार ०५, साउन २०८० ०९:४३     विश्वास खबर

बैतडी । बैतडीमा अवैध रुपमा मेडिकल चलाइएको पाइएको छ। जिल्लाको सिगास गाउँपालिका–२ स्थित गाँजरी बजारमा अवैध रुपमा मेडिकल चलाएको पाइएको हो।

प्रहरी स्रोतका अनुसार प्रमुख जिल्ला अधिकारी सुरेश पन्थी समेतको टोलीले अनुगमनका क्रममा अवैध मेडिकल फेला पारेको हो। ३३ वर्षीय खेमराज अवस्थीले उक्त मेडिकल चलाएको फेला परेको हो।

अवस्थीले बिरामी जाँचिरहेको बेला अनुगमन टोलीले फेला पारेपछि पक्राउ गरिएको र उक्त मेडिकल सिल गरिएको बताइएको छ।

अवस्थीले सिएमए अनुत्तीर्ण भएको र २०७१ सालदेखि अवैधानिक रुपमा मेडिकल सञ्चालन गरिरहेको अनुसन्धानबाट खुलेको छ। उक्त मेडिकल कतै दर्ता समेत नभेटिएको जनाइएको छ।

clock शुक्रबार ०५, साउन २०८० ०९:४३     विश्वास खबर

प्रतिक्रिया