कैलालीमा बाघको छालासहित बैतडीका २ जना पक्राउ

  शुक्रबार ०५, साउन २०८० ०९:३४

धनगढी । कैलालीमा बाघको छालासहित बैतडीका २ जना पक्राउ परेका छन्। नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय मालाखेती, कैलालीको संयुक्त टोलीले कैलालीको गोदावरी नगरपालिका–२ रिङरोडबाट २ जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा बैतडीको दोगडाकेदार गाउँपालिका–२ घर भएका ६५ वर्षीय देवसिंह बिष्ट र बैतडीकै पाटन नगरपालिका–८ बस्ने ३० वर्षीय हर्कबहादुर बिष्ट छन्। 

उनीहरुको साथबाट ६ फिट ११ इन्च लम्बाइ र २ फिट ४ इन्च चौडाइ भएको बाघको छाला बरामद भएको छ। पक्राउ परेका दुई जनामाथि थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जानकारी दिएको छ। 

clock शुक्रबार ०५, साउन २०८० ०९:३४

प्रतिक्रिया