कुँवरद्वारा उधोग बाणिज्य महासंघको खुला केन्द्रिय सदस्यमा उमेदवारी घोषणा

  बुधबार १५, चैत २०७९ १२:०९

धनगढी । कैलाली उधोग बाणिज्य संघका अध्यक्ष पुस्पराज कुँवरले नेपाल उधोग बाणिज्य महासंघको खुला केन्द्रिय सदस्यमा उमेदवारी घोषणा गरेका छन् । कैलाली उधोग बाणिज्य संघको सभाहलमा आयोजित कार्यक्रममा उनले आशन्न नेपाल उधोग बाणिज्य संघको अधिवेशनमा खुला केन्द्रिय सदस्य पदको उमेदवार रहने बताएका हुन् ।

सुदूरपश्चिमका जिल्ला तथा नगर उधोग बाणिज्यहरुको पुर्ण समर्थन पाएको दावी गर्दै कुँवरले यस पटक देशभरीकै उधोग बाणिज्य संघहरुको बिश्वास जित्ने बताएका छन् । कैलाली उधोग बाणिज्य संघबाट साझा उमेदवार पेष भएका कुँवरले उधोगी ब्यवसायीका पक्षमा आफुले गरेका कामनै जित्ने आधार भएको बताएका हुन् ।

आगामी चैत २८ र २९ गते काठमाण्डौँमा हुन लागेको नेपाल उधोग बाणिज्य महासंघको ५७ औँ साधारणसभामा उनले आफुलाई बलियो उमेदवारका रुपमा प्रस्तुत गरेका हुन् । कुँवर पछिल्लो समय ब्यवसायीहरुका माग मुद्धा सम्बोधनका लागी अग्रपक्तींमा रहेर आन्दोलनमै उत्रिएका थिए ।

नेपाल उधोग बाणिज्य महासंघका बर्तमान केन्द्रिय सदस्य समेत रहेका कुँवरकै नेतृत्वमा धनगढी संगै काठमाण्डौँमा समेत बैकंको चर्को ब्याज बिरुद्ध आन्दोलन गरिएको थियो । आगामी दिनमापनि ब्यवसायीहरुका हक हितका लागी काम गर्न आफ्नो उमेदवारी रहेको उनले बताए ।

clock बुधबार १५, चैत २०७९ १२:०९

प्रतिक्रिया