धनगढीस्थीत खुटिया नदिमा एक जनाको शव फेला

  बिहिबार ०४, साउन २०८० १७:२५

धनगढी। धनगढीस्थीत खुटिया नदिमा एक जनाको शव फेला परेको छ। कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर-१२ को खुटिया नदिमा पहिचान खुल्न नसकेको एक जनाको शव फेला परेको स्थानियले बताएका छन्।

स्थानिय महेन्द्र खड्काका अनुसार परिचय खुल्न नसकेको अन्दाजी वर्ष ४०/५० को कालो वर्णमा रहेको मानिस खोलाले बगाएर ल्याएको हो।

अहिले उनको शव सेती प्रादेशिक अस्पतालमा राखिएको जानकारी दिए। कसैको आफ्नो मान्छेको शव भए जिल्ला प्रहरी कार्यालय कैलालीमा सम्पर्क गर्न अनुरोध गरिएको खड्का बताए।

clock बिहिबार ०४, साउन २०८० १७:२५

प्रतिक्रिया