सुदुरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशमा हल्का देखि मध्यम वर्षाको सम्भावना

  बिहिबार ०४, साउन २०८० ०९:१४

काठमाडौं । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ।

बिहीबार बिहान देशभर आंशिक देखि सामान्य बदली रही बाँकी भू(भागमा आंशिक बदली देखि सामान्यतया सफा रहेको छ। सुदुर पश्चिम प्रदेश , लुम्बिनी र बागमती प्रदेशका एकरदुई स्थानमा हल्का वर्षा भइरहेको छ। 

मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार दिउँसो देशभर आंशिक देखी सामान्य बदली रहनेछ। देशका पहाडी भू(भागका केही स्थानहरूमा र बाँकी भू(भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यस्तै, बिहीबार राती देशभर आंशिक देखी सामान्य बदली रहनेछ। कोशी प्रदेश लगायत देशका पहाडी भू(भागका थोरै स्थानहरूमा तथा बाँकी भू(भाग एकरदुई स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

clock बिहिबार ०४, साउन २०८० ०९:१४

प्रतिक्रिया