कैलालीका एसपी पाल पुरस्कृत

  बुधबार ०३, साउन २०८० १२:२२

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी उपरीक्षक (एसपी) देवेन्द्र बहादुर पाल पुरस्कृत भएका छन्।

विभागीय नीति तथा आदेश निर्देशनलाई आत्मसाथ गरी निर्दिष्ट जिम्मेवारी अनुशासित ढंगले लगनशील, इमान्दार, व्यवसायिक एवं कर्तव्यनिष्ठ तवरले कुशलतापूर्वक प्रशासनिक रूपमा कार्यसम्पादन गरेको भन्दै आईजीपी वसन्त कुँवरले एसपी पाललाई नगदसहित पुरस्कृत गरेका हुन्।

प्रहरी उपरीक्षक पाल दुई हजार तीन सय नगद रुपैयाँसहित अभिलेखमा जनिने गरी पुरस्कृत भएका छन्।

clock बुधबार ०३, साउन २०८० १२:२२

प्रतिक्रिया