विज्ञान र व्यवस्थापन समूहको पढाइका लागि बिद्यार्थिको रोजाईको स्कुल बन्दै ग्यालेक्सी

  बिहिबार २८, असार २०८० ०७:०६

धनगढी । कक्षा ११ र १२ मा विज्ञान र व्यवस्थापन विषयको पढाइका लागि ग्यालेक्सी स्कुललाई गन्तव्य बनाउन आग्रह गरिएको छ। धनगढी -५ हसनपुरमा रहेको ग्यालेक्सी माध्यमिक विद्यालयले विज्ञान र व्यवस्थापन समूह पढ्न चाहने विद्यार्थीका लागि ग्यालेक्सी सुदूरपश्चिमकै गन्तव्य स्कुल भएको दाबी गरेको छ।

वि.स. २०५० मा खुलेको ग्यालेक्सी स्कुलले २०७४ देखि कक्षा ११ र १२ को पढाइ गर्न थालेको हो। कक्षा ११ र १२ मा विज्ञान र व्यवस्थापन विषय पढ्न काठमाडौ जानुपर्ने बाध्यताको अन्त्य गर्न शैक्षिक क्षेत्रमै क्रियाशील व्यक्तिहरूले ग्यालेक्सी स्कुल सञ्चालन गरिरहेको स्कुलका सञ्चालक एवं व्यवस्थापन समितिका अध्यक्ष मोहनराज भट्टले बताए।

No description available.

२०७९ को एसईई परीक्षामा सुदूरपश्चिममै उत्कृष्ट नजिजा ल्याएको विद्यालयबाट नितु बिष्टले ४।० जिपिए ग्रेड प्राप्त गरेकी छिन् भने कक्षा १२ को परीक्षामा पनि उत्कृष्ट नजिजा आउने गरेको विद्यालयका प्रिन्सिपल छत्रराज पण्डितले बताए।

२०७५ सालको राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गरेको परीक्षामा अभिषेक बगाले प्रदेश प्रथम, २०७६ र २०७७ मा सुगम शर्माले प्रदेशभरीमा सर्वोत्कृष्ट नतिजा हासिल गरेको प्रिन्सिपल पण्डितले बताए।

शैक्षिकसत्र २०८० का लागि ग्यालेक्सी माध्यमिक विद्यालयले विज्ञान र व्यवस्थापन समूहमा सिमित संख्यामा मात्रै विद्यार्थी भर्ना गर्ने योजना बनाएको छ। विज्ञान समूहमा दुई सय र व्यवस्थापन समूहमा ८० जना विद्यार्थी मात्रै भर्ना लिने विद्यालयले जनाएको छ।

No description available.

ग्यालेक्सी स्कुलमा पढेका विद्यार्थीहरूले प्रतिस्पर्धी परीक्षामा राम्रो नतिजा ल्याएको विद्यालयले दाबी गरेको छ। वर्षभरी अतिरिक्त कक्षा सञ्चालन हुने व्यवस्था गरेको ग्यालेक्सीमा स्नातकमा इन्जिनियरिङ  अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि प्रि-मेडिकल र प्रि-इन्जिनियरिङ कक्षाहरूको व्यवस्था गरिएको विद्यालयले जनाएको छ।

यसै वर्षबाट विद्यालयले त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिएर स्नातक तहमा बिबिएसको पढाइ थाल्ने जनाएको छ।

clock बिहिबार २८, असार २०८० ०७:०६

प्रतिक्रिया