नेपाल एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको फाइनलमा

  सोमबार १८, असार २०८० १४:१६

काठमाडौँ । नेपाल एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ। सिङ्गापुरलाई ९७ रनले परापजत गर्दै नेपालले उपाधि भिडन्त पक्का गरेको हो। नेपालले अब मङ्गलबार फाइनलमा मलेसियासित खेल्नेछ।

मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्दै नेपालले निर्धारित ५० ओभरको खेलमा ३५ ओभरमा नौ विकेटको क्षतिमा एक सय ८४ रन बनायो। एक सय ८५ रनको विजयी लक्ष्य पछ्याएको सिङ्गापुरले ३१ दशमलव तीन ओभरमा सवै विकेट गुमाउँदै ८७ रन मात्र बनायो।

ब्याटिङ गर्ने क्रममा नेपालका लागि ओपनरद्वय सूर्यांशु कोइराला र निरजकुमार यादवले पहिलो विकेटका लागि ६३ रनको साझेदारी गरे। कोइरालाले ४९ बल खेल्दै छ चौकाको मद्दतमा ४३ रनको योगदान दिए।

यस्तै यादवले ४९ बल खेल्ने क्रममा एक छक्का र तीन चौका प्रहार गरी ४२ रन बनाए। यस्तै अभिषेक तिवारीले २५, सन्तोष यादवले १८, दीप भुजेलले अविजित १२, प्रतिक भट्टराईले १२ र कृतिक कामतले १० रन बनाए।

बलिङतर्फ सिङ्गापुरका हरिहरनले तीन तथा हर्ष वेङ्कटरम र कबिर बेर्लियाले दुईरदुई विकेट लिए। सिङ्गापुरका लागि ब्याटिङ गर्ने क्रममा रोशन रविचन्द्रनले २४, प्रणव धनुकाले १४ र कविर बेर्लियाले ११ रन बनाए।

बलिङतर्फ नेपालका कार्तिक कामतले दुई दशमलव तीन ओभरमा नौ रन दिँदै तीन विकेट लिए। यस्तै सन्तोष यादव, नरेन भट्ट, अशोक धामी, अभिषेक तिवारी र प्रतिक पोखरेलले समान एकरएक विकेट लिए।

clock सोमबार १८, असार २०८० १४:१६

प्रतिक्रिया