आजदेखि सरकारी कार्यालय खुल्ने समय एक घण्टा छोटिँदै
काठमाडौँ । सरकारले चालू वर्षको लागि निर्धारण गरेको कार्यालय समय अनुसार आजदेखि कार्यालय समय घट्ने भएको छ ।
कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म कार्यालय समय बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म तोकिएको छ ।
अन्य समयमा भने बेलुकी ५ बजेसम्म कार्यालय समय रहँदै आएको छ ।
शुक्रबारको दिन भने दिउँसो ३ बजेको समय यथावत् रहनेछ ।

प्रतिक्रिया