कञ्चनपुरको वनहरा नदीमा धमाधम पक्की पुल निर्माण हुँदै

  शनिबार १५, कार्तिक २०८२ ०७:०९     रासस

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–१२ भएर बग्ने वनहरा नदीमा धमाधम पक्की पुल निर्माण भइरहेको छ । दुवाहा–दमलपट्टी–चित्रपुर जोड्ने पुल रु। २५ करोड ९६ लाख ३८ हजार ३४० को लागतमा निर्माणाधीन छ । 

हालसम्म ९० प्रतिशत निर्माण पूरा भएको महाकाली पुल आयोजनाका इन्जिनियर सन्तोष चन्दले बताए । पुल निर्माणसँगै नदी नियन्त्रणका सिलसिलामा पुल वरपर तटबन्धको काम  पनि जारी छ । 

“नदी नियन्त्रणको आधा काम सकिएको छ र बाँकी आधा काम पनि तीव्र गतिमा भइरहेको छ”, इन्जिनियर चन्दले भने । आगामी मङ्सिरभित्र काम पूरा गर्ने लक्ष्य उनले सुनाए । रासस

clock शनिबार १५, कार्तिक २०८२ ०७:०९     रासस

प्रतिक्रिया