कर्णाली नदि किनारमा एक पुरुष मृत फेला

  शनिबार ०८, कार्तिक २०८२ ०८:४०

धनगढी । कर्णाली नदि किनारमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।

कैलालीको मोहन्याल गाउँपालिका–७ पितमारी स्थित कर्णाली नदी किनारमा माछा मार्ने जालमा पानीमा घोप्टो र अड्किएको अवस्थामा लम्कीचुहा नगरपालिका–२ बलिया बस्ने ४८ वर्षीय मानबहादुर बुढा शुक्रवार मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय चिसापानीले जनाएको छ।

सो सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

clock शनिबार ०८, कार्तिक २०८२ ०८:४०

प्रतिक्रिया