धनगढीको जुगेडामा युवाहरूको बिचमा ‘ग्याङ फाइट’

  शनिबार ०८, कार्तिक २०८२ ०६:४९

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका–१२ जुगेडामा युवाहरूको बिचमा ‘ग्याङ फाइट’ भएको छ। जुगेडाको सी गाउँ र एच गाउँका युवाहरुको बिचमा झडप भएको हो। युवाहरुको दुई समूहको बिचमा झगडा हुँदा पाँच जना घाइते भएका छन्।

जिल्ला आपत्कालिक कार्यसञ्चालन केन्द्र, कैलालीको प्रतिवेदन अनुसार धनगढी–१२ जुगेडा सी गाउँका २७ वर्षीय युवकको समूह र एच गाउँका ३५ वर्षीय पुरुषको समूहको बिचमा झगडा भएको हो।

सी गाउँका २७ वर्षीय पुरुषको टाउँकोमा चोड लागेको प्रतिवेदनमा भनिएको छ। सोही समूहका २५ वर्षीय पुरुषको हातमा चोट लागेको छ। उनीहरूको धनगढीस्थित माया मेट्रो अस्पालमा उपचार हुँदैछ।

एच  गाउँका ३५ वर्षीय पुरुषको पनि टाउँकोमा चोट छ। सोही समूहका २७ वर्षीय पुरुषको टाउँको र हातमा चोट रहेको छ। अर्का २७ वर्षीय पुरुषको टाउकोमा चाट रहेको छ। उनीहरू तीन जनाको नोभ अस्पताल, धनगढीमा उपचार जारी रहेको छ।

जिल्ला प्रहरी कार्यालय, कैलालीले उक्त विषयमा जानकारी नभएको प्रतिक्रिया दिएको छ। उनीहरूको बिचमा भएको झगडाको कारणसमेत प्रहरीले सार्वजनिक गरेको छैन।

clock शनिबार ०८, कार्तिक २०८२ ०६:४९

प्रतिक्रिया