कैलालीमा मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा तीन जनाकाे मृत्यु, १२ घाइते
कैलाली । कैलालीमा मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा तीन जनाकाे मृत्यु भएको छ भने १२ घाइते भएका छन् ।बर्दगोरिया गाउँपालिका–४ बाट चिसापानीतर्फ गइरहेको सुपप्र ०१००२ त ४९५१ नम्बरको ट्याक्टर लम्कीचुहा नगरपालिकाकाे धोबेनी खोलामा अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रहरी नायब उपरीक्षक(डीएसपी) टेकबहादुर जाेराले दुर्घटनामा बर्दगोरिया गाउँपालिका–४ का ६४ वर्षीय दानबहादुर साउद, ३४ वर्षीय हर्क साउद र १६ वर्षीय शीतल साउदको घटनास्थलमै मृत्यु भएको बताए ।
उनकाअनुसार दुर्घटनामा १२ जना घाइते छन् । घाइते मध्ये चार जनाकाे अवस्था गम्भीर रहेका छन् । घाइतेहरूकाे स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया