कञ्चनपुरबाट जुवा तास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

  आइतबार ०२, कार्तिक २०८२ ०८:३७

कञ्चनपुर । कञ्चनपुरबाट प्रहरीले जुवा तास खेलिरहेको अवस्थामा ६ जना पक्राउ गरेको छ । शनिवार साँझ भीमदत्त नगरपालिका – ४ बजार स्थित १ नम्बर गल्लीका गोरख बहादुर चन्दको घरबाट जुवाडे पक्राउ परेका हुन ।

गोरखको घरमा जुवा तास भई रहेको गोप्य सूचनाको आधारमा खानतलासी गर्न गएको टोलीले भीमदत्त नगरपालिका – १८ का ४५ वर्षीय रमेश भट्ट सहित ६ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
उनीहरूको साथबाट २३ हजार ११० रुपैयाँ नगद र ३ गड्डी तास बरामद गरिएको थियो ।

clock आइतबार ०२, कार्तिक २०८२ ०८:३७

प्रतिक्रिया