वडा प्रहरी धनगढीको कमाण्ड बलरामलाई

  बिहिबार ३०, असोज २०८२ ११:५७

धनगढी । वडा प्रहरी कार्यालय धनगढीको इञ्चार्जको जिम्मेवारी प्रहरी निरीक्षक (इन्स्पेक्टर) बलराम पाण्डेयले सम्हालेका छन्। 

प्रहरी महानिरीक्षकको असोज २८ गतेको निर्णयअनुसार पाण्डेयलाई काज सरुवामा वडा प्रहरी कार्यालय धनगढीमा खटाइएको हो।

उनको यसअघि जिल्ला प्रहरी कार्यालय बैतडीबाट नेपाल प्रहरी अपराध अनुसन्धान कार्यालय नवलपरासीमा सरुवा भएको थियो। तर हाल उनलाई धनगढीमा काजमा खटाइएको हो। 

यसअघि वडा प्रहरी कार्यालय धनगढीका इञ्चार्ज इन्स्पेक्टर योगेश खत्रीको काज सरुवा भई उनी प्रहरी प्रधान कार्यालय मातहत कार्यरत भएका छन्।

clock बिहिबार ३०, असोज २०८२ ११:५७

प्रतिक्रिया