कैलालीमा ग्यास लिग भएर आगलागी, आमा–छोरा घाइते
धनगढी । कैलालीको गोदावरी नगरपालिका– ३ चौकिडाँडामा खाना पकाउने ग्यास सिलिन्डर लिग भएर आगलागी हुँदा आमा छोरा घाइते भएका छन्।
मगलवार राति ग्यास लिग भएर आगलागी हुँदा २५ वर्षीय पार्वती मडै र उनका छोरा ६ वर्षीय होम मडै घाइते भएका हुन।
घाइतेमध्ये आमाको अवस्था सामान्य रहेको र छोराको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।
उनीहरुको धनगढी स्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया