कैलालीको बुढीतोलामा ट्रक र कार ठोक्किए

  सोमबार ११, असार २०८० १२:२९

कैलाली । कैलालीमा ट्रक र कार ठोक्किए छन्। जिल्लाको गोदावरी नगरपालिका– ४ बुढीतोलामा कार र ट्रक एक आपसमा ठोक्किएका हुन्। 

आज सोमवार बिहान नेपाली नम्बर प्लेट ना६ख ६३९३ नम्बरको ट्रक र भारतीय युके १८जे ९४५६ नम्बर प्लेटको कार एक आपसमा ठोक्किएका हुन्।

दुर्घटनामा कार चालक र कारमा सवार एकजना गरि भारतीय नागरिक घाइते भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। 

उनीहरुको अत्तरियास्थित पद्मा अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनापछि अवरोध भएका भीमदत्त राजमार्ग खुलाइएको प्रहरीले जनाएको छ।

clock सोमबार ११, असार २०८० १२:२९

प्रतिक्रिया