महेन्द्रनगरमा पालको घरबाट करिब २९ लाख मूल्यको पटाका बरामद
धनगढी । कञ्चनपुरको महेन्द्रनगरबाट करिब २९ लाख मूल्यको पटाका बरामद भएको छ। कञ्चनपुर जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले शनिवार साँझ ६ बजे २८ लाख ९८ हजार ६५० रुपैयाँ बराबरको विष्फोट पदार्थ पटाका बरामद गरेको हो।
भीमदत्त नगरपालिका वडा नम्बर ३ का ४९ वर्षीय खडक पालको घरबाट पटाका बरामद भएको प्रहरीले जनाएको छ।
विषेश सूचनाको आधारमा पालको घरमा खानतलासी गर्दा पटाका बरामद भएको हो। पटाका बरामद गरी उक्त विषयमा थप अनुसन्धान भइरहेको सुदूरपश्चिम प्रहरी कार्यालय धनगढीले जनाएको छ।
प्रतिक्रिया