कञ्चनपुरको पुनर्वासमा धानको थ्रेसरमा कपाल बेरिएर एक महिला गम्भीर घाइते

  आइतबार २६, असोज २०८२ ०७:०२

कञ्चनपुर । कञ्चनपुरको पुनर्वासमा धानमा थ्रेसर लगाउने क्रममा थ्रेसरको पट्टामा कपाल बेरिदा एक महिला गम्भीर घाइते भएकी छन् ।

शनिबार बिहान पुनर्वास नगरपालिका वडा नम्बर ५ ग गाउँमा आफ्नै घरमा थ्रेसर लगाउने क्रममा पट्टामा कपाल बेरिदा अन्दाजी ४५ वर्षीय भगवती थापा गम्भीर घाइते भएकी हुन् ।


गम्भीर घाइते थापाको टाउकोको कपाल सहितको माथिल्लो भाग भुइँमा झरेको स्थानीयले बताएका छन् ।

घाइते थापालाई तत्कालै धनगढी स्थित माया मेट्रो अस्पतालमा उपचारका लागि लगिए पनि  अवस्था गम्भीर रहेको भन्दै भारतको लखनउ रिफर गरिएको  इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीले जनाएको छ ।

घाइते थापाको यसै वर्षको हरितालिका तीजको राती २१ वर्षीय छोराको मोटरसाइकल दुर्घटनामा परी पुनर्वास १०  दोंदा पुलमा मृत्यु भएको थियो।

clock आइतबार २६, असोज २०८२ ०७:०२

प्रतिक्रिया