कैलाली उद्योग वाणिज्य संघको नयाँ कार्यसमिति चयनका लागि मतदान हुँदै

  शनिबार २५, असोज २०८२ १३:३३

धनगढी । कैलाली उद्योग वाणिज्य संघको नयाँ कार्यसमिति चयनका लागि मतदान सुरु भएको छ । नौ पदाधिकारी र १३ सदस्य गरि २२ पदका लागि भइरहेको निर्वाचनमा २१ जनाले पदाधिकारी र २९ जनाले सदस्य पदमा गरी ५० जनाको उम्मेदवारी छ ।

 

अहिलेका वरिष्ठ उपाध्यक्ष पुष्करराज ओझा र पूर्वमहासचिव रुपेश स्वाँर प्यालनसहित चुनावी मैदानमा छन् । ओझा प्यानलबाट वरिष्ठ उपाध्यक्षमा ओमबहादुर बिष्ट, उद्योग उपाध्यक्षमा बासुदेव भट्ट, एसोसिएट उपाध्यक्षमा मनोज अग्रवाल, वाणिज्य उपाध्यक्षमा गगनराज केसी, वस्तुगत उपाध्यक्षमा भीमराज ओझा, महासचिवमा दिनेश लम्साल, कोषाध्यक्षमा सुरेन्द्रबहादुर कडायत र सचिवमा कृष्णाकुमारी बिष्टले उम्मेदवारी दर्ता गरेका छन् । उक्त प्यानलबाट १३ जनाले सदस्यमा उम्मेदवारी छ ।

 

यस्तै स्वाँर प्यानलबाट वरिष्ठ उपाध्यक्षमा केशवराज जोशी, उद्योग उपाध्यक्षमा लक्ष्मणराज पन्त, एसोसिएट उपाध्यक्षमा अनिलकुमार भोजनिया, वाणिज्य उपाध्यक्षमा राधिका चौधरी, वस्तुगत उपाध्यक्षमा सिद्धराज पनेरु, महासचिवमा सुरेश पाण्डेय, कोषाध्यक्षमा तिलकबहादुर बोहरा र सचिवमा प्रकाशकुमार चन्द उम्मेदवार छन् । उक्त समूहबाट पनि १३ जना सदस्यमा उम्मेदवार छन् ।

 

निर्वाचनमा तीन पदाधिकारी र तीन सदस्य गरि छ जना स्वतन्त्र उम्मेदवार पनि प्रतिस्पर्धामा रहेका छन् । वरिष्ठ उपाध्यक्ष पदमा सुरेन्द्र राठी, एसोसिएट उपाध्यक्षमा कविन्द्र पन्त र सचिव पदमा कोपिला कुँवर स्वतन्त्र रुपमा चुनावी मैदानमा उत्रिएका छन् । उद्योग वाणिज्य संघमा दुई हजार २७४ जना व्यवसायी मतदाता छन् । 

clock शनिबार २५, असोज २०८२ १३:३३

प्रतिक्रिया