धनगढी आइरहेको ईभी गाडी डोटीमा दुर्घटना : एकको मृत्यु, २१ जना घाइते
धनगढी । डोटीमा ईभी गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् । अछामबाट धनगढी आइरहेको सुपप्र०१००१ ख ३९५६ नम्बरको गाडी भीमदत्त राजमार्ग अन्तरगत जोरायल गाउँपालिका–२ गोल्डेनमा शनिबार बिहान दुर्घटना भएको प्रहरीले जनाएको छ ।
सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर जोराले दुर्घटनामा अछामको मंगलसेन नगरपालिका घर भएकी २२ वर्षीया हरिया परियारको घटनास्थलमै मृत्यु भएको बताए ।
उनकाअनुसार दुर्घटनामा परेर ६ बालबालिकासहित अन्य २१ जना घाइते भएका छन् । उनीहरु मध्ये एक जनाको अवस्था गम्भीर रहेको छ । सबैलाई उपचारका लागि धनगढी ल्याइएको छ । तीव्र गतिमा रहेको ईभी अनियन्त्रित भएर दुर्घटना भएको पाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया