कञ्चनपुरकाे उल्टिखामबाट १२ जना जुवाडी पक्राउ, १ लाख बढी नगद बरामद
महेन्द्रनगर। कञ्चनपुर प्रहरीले जुवा खेलिरहेका १२ जनालाई पक्राउ गरेको छ। मंगलबार बिहान भीमदत्त नगरपालिका–२ स्थित उल्टाखामबाट उनीहरूलाई पक्राउ गरिएको हो।
जुवातास खेलाई रहेको भन्ने सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। पक्राउ परेकाहरूको साथबाट १ लाख १५ हजार ६ सय १५ रुपैयाँ बरामद गरिएको छ।
प्रहरीले पक्राउ परेकाहरूको नाम भने सार्वजनिक गरेको छैन। घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाइएको छ।
प्रतिक्रिया