दार्चुला कारागारबाट फरार कैदी पक्राउ, तोकिएको थियोे ५२ वर्ष कैद

  बुधबार २२, असोज २०८२ ०९:०९

दार्चुला । जेन्जी आन्दोलनको क्रममा जिल्ला कारागार दार्चुलाबाट भदौ २४ गते राति करिब ९ बजे भागी फरार भएका कैदी उमेश सिंह कुँवरलाई प्रहरीले पक्राउ गरेको छ।

महाकाली नगरपालिका–१ छापरीका २३ वर्षीय कुँवरमाथि कर्तव्य ज्यान मुद्दामा २५ वर्ष, जवरजस्तीकरणी मुद्दामा २५ वर्ष र ज्यान मार्ने उद्योग मुद्दामा २ वर्ष गरी जम्मा ५२ वर्षको कैद सजाय तोकिएको थियो।

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट प्रहरी निरीक्षक बिक्रम बहादुर शाहीको कमाण्डमा खटिएको १० जनाको प्रहरी टोलीले बुधबार १:३० बजे कुँवरलाई आफ्नै घरमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको हो।

पक्राउ परेका कुँवरलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय दार्चुलामा राखिएको प्रहरीले जनाएको छ।

clock बुधबार २२, असोज २०८२ ०९:०९

प्रतिक्रिया