सडकको माग गर्दै बझाङको थलारा गाउँपालिकामा तोडफोड सहित ताला
बझाङ । सडक निकासको माग राख्दै थलारा गाउँपालिका वडा नम्बर ६ सडिलका जेन्जी युवाले तोडफोड सहित थलारा गाउँपालिकाको कार्यालयमा ताला लगाएका छन । आज दिउसो कार्यालयमा आएका युवाहरुले कर्मचारीलाई बाहिर निकाल्दै कार्यालयमा तोडफोड सहित तालाबन्दी गरेका हुन ।
झनाना सडिल तराटी ठिङाललेख सडक निकासिको माग गर्दै उनिहरु पालिका पुगेका हुन । यश अघि उनिहरुले वडा नम्बर ६ को कार्यालयमा समेत तालाबन्दी गरेका थिए । गाउँपालिका ताला लगाउने सुचना पाएपछि ईलाका प्रहरी कार्यालयको टोली पुगेपनि कमै मात्रामा सुरक्षा कर्मीहुदा नियन्त्रण गर्न नसकेको प्रहरीले जनाएको छ ।
कार्यालयमा के कति क्षति भएको छ अहिले भन्न नसक्ने प्रमुख प्रशासकीय अधिकृत पर्यागराज पाध्याले बताउनु भयो । सडिलका युवाहरुले आफ्नो माग पूरा गराउन शान्तिपूर्ण ढंगले गाउँपालिका र वडा पालिकामा ताला लगाईएको र माग पूरा नहुन्जेलसम्म ताला नखोल्ने बताएका छन ।
झनाना सडिल तराटी ठिङाल्लेक सडक ठिङाल्लेकबाट कटिङ सुरु गरि पिखेत गाउँको मुङरा धारा सम्म पुगेको छ भने झनाना हुँदै पखेत गाउँ सम्म पुगेको छ भने गाउँमा सहमति नजुट्दा करिव १५० मिटर सडक जोडिन बाकी रहेको छ । सडक जोड्न आर्थिक बर्ष २०८१/८२ मा १० लाख रुपैया बिनियोजन गरिएको थियो ।
सहमति जुटाउन थलारा गाउँपालिका अध्यक्ष प्रकाश रोकाया, उपाध्यक्ष राम बहादुर खाती, प्रमुख प्रशासकीय अधिकृत प्रयागराज पाध्या, वडा अध्यक्ष अनिल बिष्ट लगायत सरोकारवालाहरुले पहल गरेपनि सहमति नजुट्दा बजेट फ्रिज गएको थियो । पिखेतबाटमात्रै सडक आउनुपर्छ भन्ने हाम्रो मागछैन जहाबाट भएपनि सडिल गाउँ सडकसंग जोडिनुपर्छ भन्ने आफ्नो माग रहेको युवा देबी कडायतले बताउनुभयो ।
प्रतिक्रिया