कैलालीको घोडाघोडीबाट पेस्तोल सहित एक जना पक्राउ

  मङ्गलबार २१, असोज २०८२ १६:४६
फाइलतस्विर

सुखड । कैलालीको घोडाघोडी नगरपालिका–१ बेलार बाट जेनजी आन्दोलनका क्रममा लुटपाट गरिएको पेस्तोल सहित एक जनालाई पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय सुखडको टोलीले आज दिउँसो घर बाट पक्राउ गरेको हो

 

पक्राउ पर्नेमा घोडाघोडी नगरपालिका–१ बेलार बस्ने २३ वर्षीय आकाश शाही रहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) रमेश दत्त अवस्थिले उनलाई गोप्य सूचनाको आधारमा पेस्तोल सहित पक्राउ गरिएको बताए ।

 

उनको साथ बाट टाइप–५४ एक वटा पेस्तोल बरामद गरिएको जानकारी दिए । पक्राउ परेका व्यक्तिले जेनजी आन्दोलनका क्रममा त्यो हतियार काठमाण्डौँको कोटेश्वर बाट लुटेको बयान दिएको प्रहरीले जनाएको छ ।

 

साधा पोसाकमा खटिएका प्रहरीको सहयोगमा उनलाई पक्राउ गर्न सफल भइएको बताइएको छ । आकाश शाहीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

clock मङ्गलबार २१, असोज २०८२ १६:४६

प्रतिक्रिया