अत्तरियाको सुधारगृहमा मृत भेटिए पुनर्वासका युवक

  मङ्गलबार २१, असोज २०८२ १३:०५

धनगढी । कैलालीको अत्तरियास्थित सुधारगृहमा एक युवक मृत भेटिएका छन्। अत्तरियामा रहेको उग्रतारा सुधारगृहमा कञ्चनपुको पुनर्वास नगरपालिका- ७ च गाउँका २७ वर्षीय रमेश तामाङ मृत भेटिएका हुन्।

इलाका प्रहरी कार्यालय मालाखेतीका डीएसपी रणबहादुर चन्दका अनुसार तामाङ सुधारगृहभित्र झुन्डिएको अवस्थामा मृत फेला परेका हुन्।

घटनाको अनुसन्धान भइरहेको डीएसपी चन्दले बताए। तामाङ बैशाख ८ गतेदेखि सुधारगृहमा बस्दै आएका थिए।

clock मङ्गलबार २१, असोज २०८२ १३:०५

प्रतिक्रिया